Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राष्ट्रिय परीक्षा बोर्डको एसईई हटाउन नहुने धारणा

२७ शुक्रबार , पौष २०८०३ बर्ष अगाडि

राष्ट्रिय परीक्षा बोर्डको एसईई हटाउन नहुने धारणा

माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष डा. शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने बताएका हुन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा डा.शर्माले विद्यार्थीहरूको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा लिइने परीक्षा नहटाउन आग्रह गरेको बताईएको छ ।

एसईई परिक्षा विद्यार्थीहरूको गुणस्तर मापन गर्ने विधि भएकाले त्यसलाई हटाए गुणस्तर खस्किने डा.शर्माको भनाई छ । उनले कक्षा १० मा अनुत्तीर्ण हुने विद्यार्थी फेरि भर्ना भएर पढ्नसक्ने तर कक्षा १२ मा अनुत्तीर्ण भए उमेरको कारणले पनि फेरि पढ्न मन नगर्ने मनोवैज्ञानिक पाटोको पनि ख्याल गर्नुपर्ने बताएका छन् ।