Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वित्तीय संस्था घोटालाका १९ जनालाई अधिकतम सजाय र जरिवाना

२७ शुक्रबार , पौष २०८०९ महिना अगाडि

वित्तीय संस्था घोटालाका १९ जनालाई अधिकतम सजाय र जरिवाना

सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको घोटाला प्रकरणमा १९ जनालाई जिल्ला अदालत, बाँकेले अधिकतम सजाय र जरिवाना तोकेको छ । जिल्ला अदालत बाँकेका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले उनिहरु लाई १ वर्षदेखि ५ वर्ष कैद सजाय, ४० हजारदेखि ५० हजारसम्म जरिवाना तोकेको हो ।

अदालतले हरदेवबक्स चौधरी, अमरबहादुर खड्का, गंगाधर सुवेदी, गोपाल भण्डारी, अरुणकुमार पाठक, सूर्य विक, लिलाप्रसाद वली, सुरतराम खटिक, किरण श्रेष्ठलाई ५ वर्ष कैद र ५० हजार जरिवाना तोकेको छ । त्यसैगरी गौरव श्रेष्ठ र बलराम यादवलाई ४ वर्ष कैद र ४० हजार जरिवाना गरिएको हो ।

घोटाला प्रकरणका रविन्द्र थापालाई ३ वर्ष कैद र ५० हजार जरिवाना, सिद्धिकुमार महर्जनलाई २ वर्ष ६ महिना कैद र ५० हजार जरिवाना, तुषार शाह र ओमप्रकाश चौधरीलाई २ वर्ष कैद र ५० हजार जरिवाना, शारदाकुमारी थापामगर, रविन्द्र थापा, स्थिरमणि बज्राचार्य, सन्दीप शर्मा र लिला शाहलाई १ वर्ष कैद र ५० हजार जरिवाना तोकिएको छ ।

सहकारीमा ११ हजार ८ सय ४ जना निक्षेपकर्ता रहेका थिए । सहकारीको ठूलो रकम हिनामिना भएपछि निक्षेपकर्ताले २०७६ असोजमा मुद्दा दायर गरेर त्यसयता पीडितहरू निरन्तर सडकमा संघर्षमा छन् । उक्त घोटालामा ४१ जनालाई प्रतिवादी बनाइएकोमा १९ जना बाहेक अरूले सफाई पाएका छन् ।