Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भिजिट भिसालाई सहजीकरण र व्यवस्थित गरिने

२७ शुक्रबार , पौष २०८०९ महिना अगाडि

भिजिट भिसालाई सहजीकरण र व्यवस्थित गरिने

भिजिट भिसामा विदेश जानको लागि सरकारले सहजीकरण र व्यवस्थित गर्ने भएको छ । भिजिट भिसाको हालको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गरिने भएको हो ।

भिजिट भिसा सम्बन्धि गृह मन्त्रालयमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, गृह, परराष्ट्र, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र सम्बद्ध पदाधिकारीको बैठकले सहजीकरण र व्यवस्थित गर्ने निष्कर्ष निकालेको हो ।

बैठकले भिजिट भिसाको सहजीकरण र व्यवस्थित गर्न छिट्टै नयाँ निर्णय गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि प्रधानमन्त्रीसँगको परामर्श एवम् निर्देशनपश्चात् अन्तिम निर्णय गरिने निष्कर्ष निकालेको जनाईएको छ ।

भिजिट भिसाको सम्बन्धमा बैठकमा प्राप्त सुझावसहित आवश्यक प्रस्तावको तयारी गर्न गृहमन्त्री श्रेष्ठले अध्यागमन विभागलाई निर्देशन दिईएको बताईएको छ ।