Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

२७ शुक्रबार , पौष २०८०९ महिना अगाडि

आज ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

आज ३०२औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । राष्ट्रको एकीकरण अभियानमा पृथ्वीनारायण शाहले पुर्‍याएको योगदानको स्मरण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन लागिएको हो ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेको सम्झनामा हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

आज सिंहदरवार पश्चिम मूलद्वारस्थित पृथ्वीनारायणको सालिकमा माल्यार्पण सहित मुलुक भर उनको सम्मान स्वरूप बिबिध कार्यक्रम आयोजना गरिदैछ । त्यस्तै पछिल्ला समय उनको योगदानको कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन सार्वजनिक बिदा दिन सुरु गरेको छ ।

पृथ्वीनारायण शाहाले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशास प्रवर्द्धन गर्ने सन्दर्भमा त्यतिकै सान्दर्भिक रहेको छ । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेको ईतिहासमा उल्लेख छ ।

त्यसैगरी ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन गोरखाबाट पुष २१ गतेदेखि पैदलयात्रामा आएको नेपाली सेनाको एउटा टोली हनुमानढोका हुँदै सैनिक मुख्यालय पुगेको बताईएको छ । उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर राष्ट्रपति, प्रधानमन्त्री तथा राष्ट्रका विभिन्न विशिष्ट व्यक्तिहरुले शुभकामना सन्देश दिएका छन् ।