Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

वीर अस्पतालमा गुणस्तरीय सेवा दिन प्रधानमन्त्रीको निर्देशन

२६ बिहिबार , पौष २०८०३ बर्ष अगाडि

वीर अस्पतालमा गुणस्तरीय सेवा दिन प्रधानमन्त्रीको निर्देशन

मुलुकको सबैभन्दा जेठो वीर अस्पतालमा बिरामीको उपचारमा गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्देशन दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएका भन्दै त्यहाँ उपचारका क्रममा आउने बिरामीले कुनै गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि सेवामा गुणस्तरीय र सुलभ हुनुपर्ने बताएका छन् ।

वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको भन्दै अस्पतालले बिरामीलाई दिने सेवा गुणस्तरीय भएको अनुभूति गराउनु पर्नेमा प्रधानमत्रीले जोड दिएका थिए । 

प्रतिष्ठानको छलफलमा उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधान उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने बताएका छन् ।