Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

क्यानद्धारा लामिछाने निलम्बित

२६ बिहिबार , पौष २०८०९ महिना अगाडि

क्यानद्धारा लामिछाने निलम्बित

नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले ८ वर्षको जेल सजाय सुनाएसंगै लामिछानेलाई निलम्बन गरेको हो ।

काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै बुधबार उनलाई ८ वर्ष जेल र ५ लाख जरिवाना सुनाएको थियो । अदालतको फैसलापछि लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी क्यानले निलम्बन गरेको जनाएको छ ।

अदालतले लामिछानेलाई सजाय निर्धारण गर्दा पीडितको उमेर, पीडक लामिछानेको उमेर, घटना हुँदाको अवस्था, पीडकको सामाजिक हैसियत र पीडितलाई परेको मानसिक असरलगायत ५ आधार तय गरेको  थियो । 

गत वर्ष भदौ ५ गते लामिछानेले बलात्कार गरेको भन्दै बालिकाले हदैसम्मको सजाय हुनुपर्ने माग सहित मुद्धा दर्ता गरेकी थिइन् ।