Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मन्त्रिपरिषद्को सहमतिसंगै रंगशाला निर्माणको बाटो खुल्यो

२६ बिहिबार , पौष २०८०३ बर्ष अगाडि

मन्त्रिपरिषद्को सहमतिसंगै रंगशाला निर्माणको बाटो खुल्यो

मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश सरकारसँगको साझेदारीमा गौतम बुद्ध क्रिकेट रंगशाला बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएसंगै रंगशाला निर्माण हुने भएको छ । मन्त्रिपरिषद्ले महानगरपालिकालाई रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरेपछि रंगशाला निर्माण हुने बाटो खुलेको हो ।  

प्रदेश सरकारले महानगरसँग पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भएको तर महानगरपालिकाले तयार गरेको लागत इस्टिमेट अनुसार राष्ट्रिय स्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने देखिए थियो । त्यसपछि यसअघिको सहमतिअनुसार बजेट सुनिश्चितता गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रदेश सरकारलाई प्रस्ताव पठाएको बताईएको छ ।  

पहिलो चरणमा खेल मैदान र प्याराफिट लगायतका काम सकेर खेल खेल्न योग्य बनाइने महानगरपालिका प्रमुख दाहालले बताएकी छन् । उनले पहिलो चरणमा ७० करोड प्रदेशलाई व्यवस्था गर्न भनेको र बाँकि ३० करोड महानगरले व्यहोर्ने बताईन ।

धुर्मुस सुन्तली फाउन्डेसनले चन्दा उठाएर निर्माण सुरु गरेको क्रिकेट रंगशाला १९ करोड ऋण लागेको भन्दै छोडेपछि रंगशाला निर्माणको काम अलपत्र बनेको थियो । 

नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेर मन्त्रिपरिषद्को बैठकले महानगरपालिकालाई रंगशाला निर्माणका लागि सहमति प्रदान गरेपछि अब ठेक्का आह्वान गरेर निर्माणको काम अघि बढाउन बाटो खुलेको बताईएको छ ।