Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

दुधको भुक्तानी समयमै गर्न किसानको माग

२६ बिहिबार , पौष २०८०३ बर्ष अगाडि

दुधको भुक्तानी समयमै गर्न किसानको माग

दुध बिक्रि गरेको पैसा समयमा भुक्तानी नहुदा पलायन हुनुपर्ने अवस्था आएको भन्दै चितवनका किसानले दुधको पैसा समयमै भुक्तानी गर्न माग गरेका छन् । उनीहरुले चितवनको भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर उक्त माग गरेका हुन् ।  

किसानले दूधको भुक्तानी समयमै नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गर्दै सम्बन्धित निकाय समक्ष विभिन्न पाँच बुँदे माग राखेका छन् । 

उनीहरूले सहुलियत ऋण सहज तरिकाले प्रदान गर्नुपर्ने, तत्काल बीमामा देखिएको समस्या सम्बोधन हुनुपर्ने, दूध उत्पादनमा बागमती प्रदेश सरकारले दिँदै आएको अनुदान दुग्ध किसानले सहज तरिकाले पाउनु पर्ने लगायतका माग राखेका छन् ।

चितवनका दुग्ध किसानका समस्या समाधानमा सरोकारवाला निकाय उदासीन हुँदा दूधको बजारीकरणमा समेत समस्या आएको भन्दै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले त्यसको समाधान गरि दूधको भुक्तानी समयमै हुनुपर्नेमा जोड दिएका छन् ।

बजारीकरणमा समस्या भोगिरहेका दुग्ध किसानको भुक्तानीमा ढिलाइ हुँदा समस्या झन् जटिल हुँदै गएको र आत्मनिर्भरता उन्मुख हुँदै गएको दुग्ध क्षेत्रलाई राज्यको नीतिले सम्बोधन नगरेको संघका महासचिव कल्याण अधिकारीको भनाई छ ।