Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

स्पेन हिडेका ६ हजार भन्दा बढी आप्रवासी हराए

२५ बुधबार , पौष २०८०३ बर्ष अगाडि

स्पेन हिडेका ६ हजार भन्दा बढी आप्रवासी हराए

सामुद्रिक मार्ग हुँदै स्पेन हिडेका ६ हजार भन्दा बढी आप्रवासी हराएका छन् । सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा हिडेका झन्डै ६ हजार ६ सय १८ आप्रवासी हराएको हो ।

सामुद्रिक मार्ग हुँदै स्पेन हिडेका आप्रवासी प्रतिदिन औसतमा १८ जना हराएको खुलेको छ । स्पेनी आप्रवासी अधिकारी समूहले ३८४ बालबालिका सहित ६ हजार ६ सय १८ आप्रवासी हराएको  बताएको हो ।

अफ्रिकाबाट स्पेनको क्यानरी द्वीपसम्म एटलान्टिक बसाइँसराइ मार्गमा उनीहरू हराएका वा मारिएका हुन् । क्यामिनान्डो फ्रोन्टेरस वकिङ बोर्डसका समन्वयकर्ता हेलेना मालेनोले पत्रकार सम्मेलन गरी  यो सबैभन्दा धेरै संख्या रहेको जानकारी दिइन्।

सन् २००७ मा गणना शुरु गरेयता आन्तरिक मन्त्रालयको आँकडाअनुसार सन् २०२३ मा अवैधरूपमा आउने आप्रवासीहरूको सङ्ख्या गत वर्ष दुई गुणाले बढेर ५६ हजार ८ सय ५२ सम्म पुगेको बताईएको छ । यो संख्या सन् २०१८ को ६४ हजार २ सय ९८ आप्रवासीहरूले स्पेन प्रवेश गरेको सङ्ख्यापछिको दोस्रो धेरै संख्या हो ।

स्पेन जाने प्रयास गर्नेहरूको सङ्ख्यामा वृद्धि हुनुका कारण गत वर्ष मृत्यु र बेपत्ताको घटनामा वृद्धि भएको बताईएको छ । अधिकांश करिब ७० प्रतिशत आप्रवासी क्यानरी द्वीप समूहमा पुगेका छन् । उक्त द्वीप समूह उत्तरपश्चिमी अफ्रिकाको तटबाट मुस्किलले एक सय किलोमिटर टाढा छ ।