Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

डोटीमा डोकोलाई डस्टबिनको रूपमा प्रयोग

२५ बुधबार , पौष २०८०२ बर्ष अगाडि

डोटीमा डोकोलाई डस्टबिनको रूपमा प्रयोग

स्थानीय बाँस तथा निगालोबाट बनाइएका डोकोलाई डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर-१ सिमचौरले डस्टबिनका रूपमा प्रयोगमा ल्याएको छ । गत वर्षदेखि डोकोलाई फोहोर मैला व्यवस्थापनका लागि डस्टबिनका रूपमा प्रयोगमा ल्याइएको हो ।  

स्थानीय बाँस तथा निगालोबाट बनाइएको डोको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर-१ सिमचौरमा डस्टबिनका रूपमा प्रयोग हुँदै आएको छ । उक्त वडाले यस वर्ष पनि डस्टबिनका रूपमा डोकोलाई निरन्तरता दिने बताएको हो ।

वडाले मङ्गलवार सिमचौर बजार व्यवस्थापन समितिलाई डस्टबिन स्वरूप ३० ओटा डोका हस्तान्तरण गरेको बताईएको छ । यूएमएन डोटी र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजना अन्तर्गत वडासँगको सहकार्यमा डोका हस्तान्तरण गरिएको ग्रामीण सामुदायिक विकास केन्द्र डोटीले जनाएको छ ।

बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर-१ का अध्यक्ष खेम बहादुर घर्तिमगरले सहर बजारमा तथा गाउँ घरमा अत्यधिक रूपमा प्रयोग हुने प्लास्टिकको डस्टबिनको साटो डोको प्रयोग गर्दा वातावरण स्वच्छ हुने बताए । 

उनले डोको प्रयोगले बजार क्षेत्रको सरसफाइमा सहयोग पुग्नुका साथै स्थानीय स्रोत साधनले बजार पाउने र स्थानीय स्तरमा पाइने बाँस तथा निगालोबाट बनाइएका डोकालाई प्रयोग गर्दा रोजगारी समेत बढ्ने उनको भनाई छ ।