Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

निसास्सिएर एकै परिवारका पाँच जनाको मृत्यु

२५ बुधबार , पौष २०८०२ बर्ष अगाडि

निसास्सिएर एकै परिवारका पाँच जनाको मृत्यु

कोठामा बालेको काेइलाले निसास्सिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको अमरोहा जिल्लामा एकै परिवारका पाँच बालबालिकाको निसास्सिएर मृत्यु भएको हो ।

जिल्लाको ढाका गाउँमा कोठामा काेइला बालेर खाना पकाइएकोमा पछि सोही कोठामा सुतेका सात जना मध्ये पाँच जनाको मृत्यु भएको बताईएको छ । मृत्यु हुनेमा तीन बालिका र दुई बालक रहेका छन् ।

अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीका अनुसार सँगै सुतेका सातमध्ये तीन बालिका र दुई बालकको निसास्सिएर मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुमान अनुसार कोठामा अक्सिजनको अभावका कारण उनीहरूको मृत्यु भएको हो ।

संगै सुतेका मध्ये दुई जनालाई उपचारका लागि अस्पताल पठाइएकाेमा उनीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताईएको छ ।