Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनावरको फोहोर व्यवस्थापन नगरे जरिवाना तिराउने

२५ बुधबार , पौष २०८०९ महिना अगाडि

जनावरको फोहोर व्यवस्थापन नगरे जरिवाना तिराउने

काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुर बिरालोलाई सार्वजनिक स्थानमा दिशा पिसाब गराए जरिवाना तिराउने भएको छ । महानगरले महानगरपालिका क्षेत्रभित्र भएका कुकुर र बिरालाहरुको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाउदै कुकुर/बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेख कार्यविधिबमोजिम जरिवाना तिराउने भएको हो ।  

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र घरपालुवा कुकुर बिरालोलाई कार्यविधि अनुसार दर्ता गराउनु पर्ने भन्दै जनावरको रेखदेख, हेरचाह, नियमित खोप, औषधि उपचारको व्यवस्था गर्ने दायित्व जसले पालेको छ उसैले गर्नुपर्ने बताएको छ । कुकुर र बिरालाहरुको बन्ध्याकरण, खोप र अभिलेखन कार्यक्रम चलाउँदाका प्रक्रिया, शुल्क, दायित्वजस्ता विधिको व्यवस्था गरेको पनि महानगरले जनाएको छ ।

महानगरले मठ मन्दिर, पार्क तथा निषेधित क्षेत्रमा कुकुर र बिरालोलाई छाडा छोड्न बन्देज लगाएको र घरपालुवा कुकुर बिरालालाई शौच गराउने व्यवस्था पाल्ने व्यक्ति आफैँले गर्नु पर्ने बताईएको छ । निषेधित स्थलमा दिशा पिसाब गराउने, फोहोरमैला बनाउने, पालेको कुकुर बिरालो छाडा छोडेने गरेमा सम्बन्धित धनीलाई महानगरपालिकाले ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ बताईएको छ ।