Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हत्या र बलात्कारको आरोपमा बम्जन पक्राउ

२५ बुधबार , पौष २०८०९ महिना अगाडि

हत्या र बलात्कारको आरोपमा बम्जन पक्राउ

फरार रहेका भनिएको तपस्वी रामबहादुर बम्जन अनुयायीको हत्या र बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । उनको राजधानीस्थित आश्रमबाट हिजो साँझा प्रहरीले पक्राउ गरेको हो ।

लिटिल बुद्धको रूपमा परिचित बम्जन माथि आफ्ना अनुयायीको बलात्कार, हत्या र बेपत्ता पारेको आरोप लागेको थियो । काठमाडौंका हात्तिगौंडास्थित निवासबाट सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो ।

यसअघि प्रहरीले पटक-पटक पक्राउको प्रयास गरे पनि बम्जन फेला परेका थिएनन् । हिजो साँझ प्रहरीले अप्रेसनका लागि चार वटा टोली परिचालन गरि हात्तिगौंडास्थित उनको निवासभित्र पसेपछि बम्जन भाग्ने प्रयास गर्दै घरबाट हामफाले पछी प्रहरीले पक्राउ गरेको बताईएको छ ।

बमजनमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको भन्दै पाँच परिवारले उजुरी दिएका थिए । आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी प्रहरी कार्यालयमा दर्ता भएको र तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको आरोप छ ।

सर्लाही जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको बम्जनलाई पक्राउ गर्न केहीदिन देखि निगरानी गरिरहेको प्रहरीले बम्जन नै हुन् भन्ने एकिन गरेपछि हिजो साँझ अप्रेसन गरेको थियो ।