Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालमा कोरोनको नयाँ भेरियन्ट जेएन.वान देखियो

२४ मंगलबार , पौष २०८०१० महिना अगाडि

नेपालमा कोरोनको नयाँ भेरियन्ट जेएन.वान देखियो

विश्वभर फैलिइरहेको कोरोनाको नयाँ सबभेरियन्ट जेएन.वान नेपालमा पनि पुष्टि भएको छ । मुलुकको विभिन्न भागबाट संकलन गरिएको पिसिआर तथा एन्टिजेन पजिटिभ नमुना परीक्षण गर्दा सात नमुनामा जेएन.वान पुष्टि भएको हो ।  

ओमिक्रोनको नयाँ सबभेरियन्ट जेएन.वान छिमेकी राष्ट्र भारतमा देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना परीक्षण सुरु गरेको थियो । स्वास्थ्य मन्त्रालयले नयाँ भेरियन्ट पुष्टि भएपछि एक बिज्ञप्ति जारि गर्दै सीमा प्रवेश विन्दुमा स्क्रिनिङ र निगरानी बढाउन हेल्थ डेस्क र स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूलाई पनि उपचार व्यवस्थापनको तयारीका लागि आग्रह गरेको छ । साथै मन्त्रालयले संक्रमण र संक्रमणको फैलावट रोक्न भौतिक दूरी कायम गर्न, मास्क प्रयोग गर्न, भिडभाडमा नजान, साबुनपानीले हात धुन र स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ ।    

अमेरिकामा पहिलोपटक देखा परेको जेएन.वान भाईरस ओमिक्रोनको सबभेरियन्ट हो । यो भाईरस डिसेम्बरपछि तीव्र रूपमा फैलिन थालेको र यसले वृद्धवृद्धामा जोखिम बढाउन सक्ने भएकाले     स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।