Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चिसो बढेपछि विद्यालय बन्द

२४ मंगलबार , पौष २०८०१० महिना अगाडि

चिसो बढेपछि विद्यालय बन्द

निरन्तर चिसो बढ्दै गएपछि महोत्तरी जिल्लाको तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । अत्यधिक चिसो बढेपछि महोत्तरी जिल्लाका रामगोपालपुर नगरपालिका, सोनमा गाउँपालिका र गौशाला नगरपालिकाले विद्यालय बन्द गरेका हुन् ।    

महोत्तरीका रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले मंगलबारदेखि विद्यालय बन्द गरेका छन् भने गौशाला नगरपालिकाले पुस २४ गतेदेखि विद्यालयलाई बिदा दिएको हो । जसमा रामगोपालपुर नगरपालिकाले नौ दिन, सोनमा गाउँपालिकाले चार दिन र गौशाला नगरपालिकाले सात दिनको जाडो बिदा दिएको बताईएको छ ।  

अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै तीनैवटा स्थानीय तहले जाडो बिदा दिएको जनप्रतिनिधिले बताएका छन् । साथै चिसो बढेपछि अन्य पालिकाका विद्यालयमा पनि विद्यार्थी सङ्ख्या घटेको बताईएको छ ।

अहिले मुलुकभर चिसो ह्वात्तै बढेको छ भने उच्च पहाडी भेगमा हिमपात समेत भएको छ ।