Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विद्युत महसुल किस्ताबन्दीमा तिर्न सकिने

२४ मंगलबार , पौष २०८०१० महिना अगाडि

विद्युत महसुल किस्ताबन्दीमा तिर्न सकिने

नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल किस्ताबन्दीमा तिर्न सकिने व्यबस्था गरेको छ । प्राधिकरणले एक सूचना निकाल्दै तिर्न बाँकी बक्यौता रकम किस्ताबन्दीमा तिर्न सकिने व्यबस्था गरेको बताएको हो ।

प्राधिकरणको पुस १६ गते बसेको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम तिर्न बाँकी रहेकाहरुका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । 

बैठकको निर्णयअनुसार प्राधिकरणले रकम बुझाउन बढीमा ६० महिना सम्मको समय दिएको र तिर्न बाँकी बक्यौता रकम ६० महिना भित्र किस्तामा तिर्न सकिने बताएको छ ।

प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिने उक्त सेवा लिनका लागि सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्राधिकरणका विभिन्न संचरणाबाट सेवाग्राहीले बढीमा ६० महिनासम्मको किस्ताबन्दी अवधिमा रहेर यो सेवा लिन प्राधिकरणले सम्बन्धित सबैका लागि सूचना जारी गरेको बताएको छ ।