Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपाली भूगोलको चिन्ता बढ्यो

२४ मंगलबार , पौष २०८०३ बर्ष अगाडि

नेपाली भूगोलको चिन्ता बढ्यो

चीनका प्रधानमन्त्री चाउएनलाइ लाई   १९६० अप्रेलमा  स्वागत गर्न  प्रधानमन्त्री बिपी कोईराला सँगै उभिएका सँसदमा प्रमुख प्रतिपक्षका नेता भरत सम्सेरले  भन्नुभयो “सगरमाथाको देशमा महामहिमलाई स्वागत छ ।” सरकार र प्रतिपक्षको एउटै आवाज आउदा कस्तो परिणाम निस्किन्छ, ईतिहासमा लेखिएको छ ।
भारतका विदेश मन्त्री नेपाल आउँदा नेपालले चुच्चे नक्साको कुरा उठाउन सकेन, न त इपीजी रिपोर्टकै कुरा उठाउन सक्यो । उल्टै पूर्व प्रधानमन्त्रीहरू होट होटलमा गएर लाम लागेर विदेशमन्त्रीलाई भेटेर जदौ गर्नमा गौरव गरेको देखियो । नेपालको भौगोलिक अखण्डता खण्डित गर्ने बिबादमा भारतीय विदेशीमन्त्री एस जयशंकरमा भारतका प्रधानमंत्री कै पदचाप देखिदा पनि “कम्फरटेबल” सरकारको मौनता बुझिसाध्य भएन । कुनै नेताले भन्न सक्छन्– चुच्चेनक्साको बेहाल के भइरहेको छ ? चुच्चे नक्सामा भारतको शासन किन स्थापित भएको छ ?
ठूला दलका लम्पसारवादले नेपालको भूगोलको चिन्ता बढेको छ ।