Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बृद्धाश्रम र बालाश्रमको बिगबिगी

२४ मंगलबार , पौष २०८०१० महिना अगाडि

बृद्धाश्रम र बालाश्रमको बिगबिगी

यतिबेला नेपालमा बृद्धाश्रम र बालाश्रमको बिगबिगी छ । हरेक टोल टोलमा यस्ता बालाश्रम र बृद्धाश्रमहरू स्थापित हुन थालेका छन् । गाउँघरदेखि सहर सहरमा यस्ता आश्रममा आश्रितहरूका लागि भनेर चन्दा उठाउन सामाजिक अभियन्ताहरूको पनि बिगबिगी बढेको छ । यी आश्रमहरूको नियमन र निगरानी भइरहेको छ कि छैन ? सरकार के गरिरहेको छ ? यसबारे स्वभाविक चासे छ ।
धनी वा गरीवका आमाबाबु बृद्धाश्रममा राख्ने क्रम बढेको छ । फुर्सदका कमीले बृद्धबृद्धाको हेरचाह गर्ने कोही नभएको, परिवारमा झगडा हुने गरेको, स्वास्थ्य उपचारको झन्झट, बुढाबुढी भएपछि फोहरी हुने भएकाले पनि उनीहरूलाई बृद्धाश्रममा लगेर कोच्ने संस्कृति विकास भइरहेको हो । घरका सदस्यले कहाँ फालुँजस्तो गर्छन् र बृद्धाश्रममा आउनु परेको बृद्धबृद्धाहरू आँसु झारेर बताउने गर्छन् । बालाश्रममा बालबालिकाहरू पनि गरिबी वा अन्य कारणले अभिभावकविहीन हुनपुगेका हुन्छन् । राज्यको नियमन र निगरानी जरूरी देखियो ।