Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देश बचाउने हो भने हिन्दुराष्ट्रका लागि सबै जागौं

२४ मंगलबार , पौष २०८०१० महिना अगाडि

देश बचाउने हो भने
हिन्दुराष्ट्रका लागि सबै जागौं

काठमाडौं । हाइड्रो इन्जिनियरिङमा पीएचडी कालिबहादुर रोकाया उर्फ डा. केबी रोकाया ः जो क्रिश्चियन पाष्टर बने, उनको आत्माले देश खतरामा देख्यो र अहिले भन्दैछन्– नेपाल जोगाउन राजसंस्थासहितको हिन्दुराष्ट्रको विकल्प छैन । अव नजागे कहिले जाग्ने ?
जनयुद्धका बेलामा विशेष भूमिका खेलेका रोकाया, राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा उभिनु आश्चर्यको विषय त हो, तर उनका अनुसार देशभक्तका लागि यसको विकल्प बा“की छैन । राजतन्त्रबिना नेपालको अस्तित्व रहदैन ।
धर्मको बारेमा सोच परिवर्तन भइसकेपछि देशमा भइरहेको राजनीतिको बारेमा सोच्न थालें । दलहरूका व्यवहार, सरकारका विधि–व्यवहार, नेताहरूका क्रियाकलाप, भूकम्प गएको यत्तिका समय बितिसक्यो– पीडित जनताको अवस्था नाजुक र विजोकयुक्त छ, यो के भइरहेको हो, सरकार कसका लागि हो भनी चिन्ता गर्दै जा“दा नेपालको पहिचानको खोजी गर्न पो पुगेको छु ।
एउटा व्यक्तिको त नाम–थर–गोत्र–ठेगाना–बाबुआमा भन्ने एउटा पहिचान हुन्छ भने राष्ट्रको त झन् पहिचान हुनैपर्छ । नेपालको पहिचान के त भन्ने प्रश्न मेरो मनमा आयो । नेपाललाई अब कसरी चिन्ने, कसरी चिनाउने ?
तीनवटा कुराले नेपाल अडेको रहेछ । पहिलो– शाहवंशीय राजसंस्था, पृथ्वीनारायण शाहले यो देश बनाएका हुन्, नेपाल निर्माण गरेका हुन्, त्यसकारण नेपालको ऐतिहासिक पहिचानस“ग जोडिएको शाहवंशीय राजसंस्था एउटा खम्बा रहेछ, अर्को रहेछ नेपाली सेना । नेपाली सेना बनाएकै नेपाल एकीकरण गरी नया“ नेपाल राष्ट्र बनाउन हो, जो नेपाली सेना अहिले पनि हामीस“ग छ । यसर्थ, यो नेपाली सेना पनि हाम्रो (नेपालको) अर्को महत्वपूर्ण पहिचान सामथ्र्य हो ।
तेश्र्रो महत्वपूर्ण खम्बाचाहि“ हिन्दूधर्म रहेछ । शाहवंशीय राजसंस्था र नेपाली सेना दुवै नङ–मासुको सम्बन्ध राख्ने निकाय हुन्, अनि नेपालको सन्दर्भमा हिन्दूधर्म जतिसुकै अन्यथा ठान्न खोजिए पनि नेपालको पहिचान भनेकै यी तीन कुरामा अडिएको रहेछ । त्यसकारण नेपाल रहनका लागि यो तीनवटा खम्बा रहनु अपरिहार्य छ भन्ने निष्कर्षमा म पुगेको छु । यो तीनवटा खम्बा हटाएपछि नेपाल रह“दैन । कसैले माने पनि नमाने पनि यथार्थ यही हो । यो सत्य अब सबैले बुझ्न थाले ।