Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रिय सभा हुदै अध्यक्ष

२४ मंगलबार , पौष २०८०१० महिना अगाडि

राष्ट्रिय सभा हुदै अध्यक्ष

   कृष्णप्रसाद सिटौला ः चुनाव ०७४ र ०७९ को दुबै चुनाव हारेका कांग्रेसी नेता । राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनले हराएका व्यक्ति यिनै हुन् । चुनाव हारेको १३ महिनामै कांग्रेसले राष्ट्रिय सभामा लगेर सभाको सभामुख बनाउने तैयारी गरेको छ ।
  राष्ट्रिय सभा चुनाव हारेकाहरूको क्लव बनाइदै छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ दलहरूले चुनाव हारेका अधिकांश व्यक्तिलाई उमेदवार बनाउनेछन् । र, एमालेलाई हराएर गठबन्धनले चुनाव जित्ने पक्का भएको छ । यद्यपि सत्तारूढ दलहरूभित्र उमेदवारीलाई लिएर खिचलो भने बाक्लै देखिनथालेका छन् ।
   चुनाव हारेकालाई फेरि मौका किन ? अरू कार्यकर्ताले कहिले पालो पाउने भनेर आलोचना भए पनि नेतृत्वले कान थुनेको अवस्था छ । गठबन्धनमा मतभार प्रयाप्त भएकाले गठबन्धनका सबै उमेदवारले चुनाव जित्ने पक्का छ ।
   फागुन २० गतेबाट राष्ट्रियसभाका अध्यक्षसहित २० पद रिक्त हुने र त्यही पदपूर्तिका लागि चुनाव हुनलागेको हो । एक पदमा राष्ट्रपतिले मनोनयन गर्ने भएकाले १९ पदमा चुनाव हुनेछ । यी २० पदमा गठबन्धनले कब्जा जमाएपछि एमाले झन एक्लिन पुग्नेछ । यसैवीच कांग्रेसका महामन्त्रीद्वय यो गठबन्धन भत्काउन लागिपरेको दृश्य देखिएको छ ।