Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपाल कन्ट्री फर मर्सिनरी नै भयो

२४ मंगलबार , पौष २०८०३ बर्ष अगाडि

नेपाल कन्ट्री फर मर्सिनरी नै भयो

काठमाडौं । नेपालले युक्रेन र रूसलाई नेपाली युवा सेनामा भर्ती नगर्न गरेको अनुरोधलाई दुबैले मानेनन् । नेपालले लाख प्रयत्न गर्दा पनि हमासले बन्दी बनाएका नेपालीलाई छाड्न मानेन । यसको अर्थ नेपालको कुटनीतिक दक्षता शून्य हुनपुगेको हो ।
न त नेपाली नागरिकको उपयोग रोक्न पठाएको कूटनीतिक नोटको मूल्य रह्यो, न नेपालको हारगुहारको सुनवाई नै भयो । भारतदेखि युक्रेन, रूससम्मका युद्धमा लड्ने कन्ट्री फर मर्सिनरीको रूपमा बदनाम भइरहेको छ । कांग्रेस, माओवादीसहितको यो सरकारको हैसियत कति हो भन्ने सत्ता आफैले मूल्याङ्कन गर्न जरूरी भएन र ?