Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतबाट फर्किएका नेपालीमा कोरोना देखियो

२३ सोमबार , पौष २०८०१० महिना अगाडि

भारतबाट फर्किएका नेपालीमा कोरोना देखियो

छिमेकी मुलुक भारतबाट नेपाल फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा कोरोनको नयाँ भेरिएन्ट 'जेएन वान' देखिन थालेपछि भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएसंगै भारतका विभिन्न सहरबाट नेपाल फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको बताईएको छ । अहिलेसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कले जानकारी दिएको छ ।

गौरीफन्टा नाकाको हेल्थ डेस्कका प्रमुख गणेश साउदकाअनुसार भारतबाट आउनेहरु सँग कोरोना सङ्क्रमण जाँच्न एन्टिजेन परीक्षण गरिरहेको र अहिलेसम्म १० जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका कोरोना सङ्क्रमितलाई घरमै होम आइसोलेसनमा बस्न सुझाव दिइएको पनि प्रमुख साउदको भनाई छ ।

दुईसाता अघि कोरोनाको भेरिएन्ट यकिन गर्न नमूना सङ्कलन गरेर काठमाडौँ पठाइएकोमा त्यसको रिपोर्ट आईनसकेकाले कोरोना भेरिएन्टको एकिन भैनसकेको बताईएको छ । हाल गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् ।