Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तापक्रममा घटेसंगै चिसोबाट बच्न आग्रह

२३ सोमबार , पौष २०८०१० महिना अगाडि

तापक्रममा घटेसंगै चिसोबाट बच्न आग्रह

अहिले देशभरको तापक्रम निरन्तर ओरालो लागिरहेकाले चिसोबाट बच्न आग्रह गरिएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र निरन्तर चिसो बढिरहेकाले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले चिसोबाट बच्न आग्रह गरेको हो ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको भएपनि तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको र जनजीवन कष्टकर बन्दै गएको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने बताईएको छ ।

हुस्सु र कुहिरो तथा हिमपातका कारण तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यसैगरी खराब मौसमका कारण मुलुकका अधिकांश विमानस्थल बन्द भएका छन् । बिहान काठमाडौंबाट तय गरिएका विभिन्न सेक्टरका उडान हुन सकेका छैनन् । काठमाडौंबाट भरतपुर, भद्रपुर, जनकपुर, सुर्खेत र भैरहवाका उडान विमानस्थल बन्दका कारण हुन सकेका छैनन् ।