Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तराईमा बाक्लो हुस्सुका कारण बिहानै हुनुपर्ने उडान रोकियो

२२ आइतबार , पौष २०८०१० महिना अगाडि

तराईमा बाक्लो हुस्सुका कारण  बिहानै हुनुपर्ने उडान रोकियो

पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी भूभागमा आंशिक बदली तथा तराईमा बाक्लो हुस्सु लागेको छ । वायुको आंशिक प्रभावका कारण कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली हुनुका साथै तराईका केही स्थानमा हुस्सु लागेको हो ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली  हुनुका साथै तराईका केही स्थानमा हुस्सु लाग्दा जनजीवन प्रभावित बनेको  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हुस्सु र शितलहरका कारण तराई–मधेशका अधिकांश विमानस्थलमा उडानमा समस्या भएको र बिहानै हुनुपर्ने उडान मौसमका कारण रोकिएका छन् । भरतपुर, नेपालगञ्ज विराटनगर, सुर्खेत, जनकपुर भैरहवा, सिमराका उडान मौसमका कारण ढिलो हुने जनाइएको छ ।

त्यस्तै महाशाखाले आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ ।