Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

त्रिवि उपकुलपतिको दरखास्त आह्वान रद्द

२२ आइतबार , पौष २०८०३ बर्ष अगाडि

त्रिवि उपकुलपतिको दरखास्त आह्वान रद्द

सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्द गरेको छ । पुष २० गते सिफारिस समितिले माग गरेको दरखास्तको सर्वत्र आलोचना भएकाले प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिएका थिए ।

शुक्रबार प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्याउन निर्देशन दिएसंगै सिफारिस समितिले माग गरेको दरखास्त रद्द गरेको छ ।

छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नु भनेको सूचनाप्रति प्रधानमन्त्रीले गम्भीर ध्यानाकर्षण भएको बताउदै त्रुटिपूर्ण प्रावधान सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए ।

चौतर्फी आलोचना भएपछि गोरखापत्रमा सूचना जारी गर्दै गत २० गते सिफारिस समितिले माग गरेको त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त रद्द गरेको हो ।