Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हजुरआमा बचाउन गएकी बालिका र हजुरआमा दुबैको मृत्यु

२२ आइतबार , पौष २०८०१० महिना अगाडि

हजुरआमा बचाउन गएकी बालिका र हजुरआमा दुबैको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका-७ मा धारिलो ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएकी हजुरआमालाई बचाउन गएकी ७ वर्षीया प्रियंका गर्बुजा र हजुरआमा मनिषा गर्बुजा दुबैको मृत्यु भएको छ । ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएकी सात वर्षीया प्रियंका गर्बुजाको शनिबार बेलुका पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा र हजुरआमाको घटनास्थलमै मृत्यु भएको हो ।

हजुरआमामाथि आक्रमण भएपछि सात वर्षीया प्रियंका छेक्न पुगेकी र छेक्ने क्रममा उनीमाथि ढुंगा प्रहार भएको थियो । प्रियंका र अर्की घाइते ६६ वर्षीया अमृता जुग्जालीलाई हेलिकप्टरबाट मणिपाल शिक्षण अस्पताल लगिएको थियो । अहिले मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा लगिएको छ ।

अस्पतालले प्रियंकालाई मृत घोषणा गरेको थियो भने ६६ वर्षीय अमृताको उपचार भईरहेको र उनी खतरामुक्त रहेको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताएका छन् । ६६ वर्षीया अमृता माथि चिर्पट प्रहार भएको बताईएको छ । हजुरआमालाई दरवाङ-मराङ सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियंकाको टाउकोमा धारिलो ढुङ्गा प्रहार भएको थियो ।

मृतक हजुरआमाको छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको र उक्त घटनामा प्रियङ्काका भाइ प्रिन्स घरको खाटमुनि लुकेर ज्यान बचाएको प्रहरीले जानकारी दिएको छ । जङ्गलमा घाँस काट्दै गरेका अमृता र अर्का एक जना महिलामाथि पनि चिर्पट प्रहार भएको थियो भने उक्त गाउको तल्लो गाउँ नजिकै एक ट्याक्सी पनि तोडफोड  भएको छ ।

हत्या र आक्रमणमा संलग्न भएको आरोपमा मालिका-७ बिमवाङबाट स्थानीयले एक जना मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको छ । अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको र आज सार्वजनिक गर्ने तयारी रहेको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिएका छन् ।