Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

हिमपात भएसंगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको कमि

२० शुक्रबार , पौष २०८०२ बर्ष अगाडि

हिमपात भएसंगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको कमि

ताप्लेजुङ जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपास क्षेत्रमा हिमपात हुँदा स्थानीय बासिन्दा र  तीर्थयात्री प्रभावित भएका छन् । हिमपात भएसँगै त्यस क्षेत्रमा चिसो अत्यधिक बढ्दा जनजीवन प्रभावित बनेको हो ।

झन्डै ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित पाथीभरा धाममा सामान्यतया हरेक वर्ष पुस देखि चैतसम्म हिमपात हुने गर्दछ । अहिले हिमात भएर चिसो निकै बढेपछि पाथीभरा जाने तीर्थयात्रुहरुको संख्यामा कमी आएको छ ।

पाथीभरा जाने मार्गको ३ हजार १ सय मिटर उचाइमा पर्ने माथिल्लो फेदीदेखि नै हिमपात भएको कारण यो बेला अरु समयमा भन्दा केही कम तीर्थयात्रीहरू आउने गरेको पाईन्छ । अहिले पाथिभरा मन्दिर क्षेत्रमा बाक्लो हिउँ परेको पाथीभरा क्षेत्र विकास समितिले बताएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार मन्दिर क्षेत्रमा बाक्लो हिउँ परेको कारण आसपासका बस्तीहरू समेत हिउँले सेताम्मे देखिएका छन् । अबका केही सातासम्म पाथीभरा क्षेत्रमा हिमपात हुने महतको भनाई छ । साथै हिमपात भएपछि बाटो चिप्लो हुने गरेकाले तीर्थयात्रुहरुको कमि हुने बताईएको छ ।