Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

रूस र युक्रेनको श्रम स्वीकृति बन्द

२० शुक्रबार , पौष २०८०३ बर्ष अगाडि

रूस र युक्रेनको श्रम स्वीकृति बन्द

युद्धग्रस्त देश रूस र युक्रेनको लागि सरकारले श्रम स्वीकृति दिन बन्द गरेको छ । यसअघि उक्त देशहरुका लागि सरकारले श्रम स्वीकृति दिँदै आएकोमा अब श्रम स्वीकृति दिन बन्द गरेको हो ।

वैदेशिक रोजगार विभागले युद्धग्रस्त देश रूस र युक्रेनमा युद्ध चलिरहेका बेला पनि नेपाली युवाहरू रूसी सेनामा भर्ना भइरहेका कारण श्रम स्वीकृति दिन बन्द गरिएको सूचना मार्फत जानकारी गराएको छ ।

पछिल्लो समय रूसी सेनामा नेपाली युवाहरू भर्ना हुने क्रम बढेको र ज्यान गुमाइरहेका कारण विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नहुँदासम्मका लागि श्रम स्वीकृति स्थगन गरेको जानकारी गराएको छ ।