Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सशस्त्र प्रहरीको विभिन्न पदमा आवेदन माग

२० शुक्रबार , पौष २०८०१० महिना अगाडि

सशस्त्र प्रहरीको विभिन्न पदमा आवेदन माग

सशस्त्र प्रहरी बलको भर्ना तथा छनोट शाखा, हलचोकले विभिन्न पदका लागि आवेदन माग गरेको छ । सशस्त्र प्रहरी बलमा रिक्त रहेको पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

भर्ना तथा छनोट शाखाले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको हो । शाखाले एक सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरी बलले ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ९८ जना प्रहरी सहायक निरीक्षक (असई) ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको छ ।

सूचना अनुसार इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिन सक्ने उल्लेख छ । प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि २१ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनु पर्ने बताईएको छ ।