Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रिमियम रकम जगेडा कोषमा राख्न प्राधिकरणको निर्देशन

१९ बिहिबार , पौष २०८०१० महिना अगाडि

प्रिमियम रकम जगेडा कोषमा राख्न प्राधिकरणको निर्देशन

बीमा कम्पनीलाई आइपिओमार्फत् उठेको प्रिमियम रकम तत्काललाई जगेडा कोषमा राख्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ । प्रिमियममा आइपिओ जारी गर्ने बीमा कम्पनीहरूलाई पत्र काट्दै प्रिमियमबापत सङ्कलित रकम जगेडा कोषमा राख्न प्राधिकरणले निर्देशन दिएको हो ।

संसदको सार्वजनिक लेखा समितिले केही समयअघि बीमा कम्पनीले बीमा ऐनविपरीत प्रिमियम मूल्यमा आइपिओ जारी गरेकाले त्यसको छानबिन गर्न निर्देशन दिएको थियो । सर्वोच्च अदालतमा ऐनविपरीत सेयर जारी गरेको भन्दै हिमालयन रिइन्स्योरेन्स विरुद्ध मुद्दा दायर भएको छ ।

प्रधिकरणले अदालतबाट फैसला आएपछी प्रिमियम रकम फिर्ता गर्नुपर्ने वा नपर्ने निर्णय हुने भएकोले हाललाई यस्तो रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो । प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्तापुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउनु पर्ने व्यवस्था गरेको छ ।

प्राय: कम्पनीहरूले उठाएको प्रिमियम रकम बोनस सेयर दिन प्रयोग गर्न सकिने व्यवस्था छ । बीमा कम्पनीहरूले पनि प्रिमियमको रकमबाट बोनस वितरण गरेर आफ्नो चुक्तापुँजी वृद्धि गर्ने योजना बनाएका थिए ।  

यसअघि सन लाइफ नेपाल, रिलायबल नेपाल लाइफ, सिटिजन्स लाइफ, आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा सेयर जारी गरेका थिए । तर, अदालतमा यस विषयमा मुद्दा परिरहेकोले अहिले यस्तो रकम जगेडा कोषमा राख्न प्राधिकरणले निर्देशन दिएको हो ।