Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अदालत परिसरबाट फरार खड्का पक्राउ

१९ बिहिबार , पौष २०८०१० महिना अगाडि

अदालत परिसरबाट फरार खड्का पक्राउ

हिजो काठमाडौं जिल्ला अदालत परिसरबाट हत्कडी सहित फरार भएका कमल खड्का आज बिहान पक्राउ परेका छन् । खड्कालाई कोटेश्वर जडिबुटीबाट पक्राउ गरिएको हो ।

काठमाडौं जिल्ला अदालत परिसरबाट हिजो हत्कडी सहित फरार भएका थुनुवा कमल खड्कालाई जडिबुटीको न्यू दोलखाली गेष्ट हाउसबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । म्याद थपका लागि हिजो जिल्ला अदालतमा उपस्थित गराउने क्रममा खड्का फरार भएका थिए ।  

आज बिहान प्रहरी वृत्त महारागञ्जका नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्री र जिल्ला प्रहरी परिसर टेकूको संयुक्त टोलीले खड्कालाई पक्राउ गरेको बताईएको छ । खड्काले लगाएको हत्कडी र थुनुवा ज्याकेट भने भक्तपुर, चाँगुनारायण–१ दुवाकोटस्थित कोठामा फेला परेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेका खड्कालाई डलर देखाएर लुटपाट गरेकाले ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।