Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज र भोलि उल्का वर्षा हुदै

१९ बिहिबार , पौष २०८०१० महिना अगाडि

आज र भोलि उल्का वर्षा हुदै

आज बिहिबार र भोलि शुक्रबार सन् २०२४ को पहिलो उल्का वर्षा हुने भएको छ । पुस १९ र २० गते राति अत्यधिक मात्रामा उल्का वर्षा हुने भएको हो ।

भूतप उल्का वर्षा नाम दिइएको यो उल्का वर्षा पुस १९ र २० गते राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन् । 

भूतप उल्का वर्षा स्थानीय समय अनुसार पुस १९ गते दिउँसैदेखि  अत्यधिक मात्रामा सक्रिय भए पनि राति ११ः३० बजेदेखि २० गतेको सूर्योदय भन्दा अगाडि हेर्न सकिने बताईएको छ ।

अध्यक्ष भट्टराईका अनुसार अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशको अवलोकन गर्न सकिने छ । उक्त उल्का वर्षा प्रति घण्टा ५० देखि १२० वटासम्म हुने अनुमान गरिएको छ ।

आगोका झिल्का जस्तै देखिने उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छ र त्यसैलाई उल्का वर्षा भनिन्छ ।

नेपाली भाषाको बोलीचालीमा तारा खसेको भनिने गरेपनि वास्तबमा यसलाई उल्का वर्षा भनिन्छ ।