Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मेची राजमार्ग बन्द, यात्रु समस्यामा

१८ बुधबार , पौष २०८०३ बर्ष अगाडि

मेची राजमार्ग बन्द, यात्रु समस्यामा

पहिचानवादी नेता आन्जेस राईको रिहाइको माग राख्दै प्रदेश एक पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । समितिले गरेको बन्दका कारण मेची राजमार्ग आवतजावत गर्ने यात्रु समस्यामा परेका हुन् ।

संयुक्त सङ्घर्ष समितिले बिहानै देखि मेची राजमार्गमा यातायात सेवा ठप्प परेका छन् । बन्दका कारण ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लामा रहेको मेची राजमार्गमा आज बिहानैदेखि यातायातका साधन गुडेका छैनन् ।

पक्राउ परेका पहिचानवादी नेता राईको रिहाइको माग राख्दै समितिले मेची राजमार्गमा यातायात बन्द गरेको जनाएको छ । उक्त बन्दका कारण मेची राजमार्ग भएर पहाड जाने र तराई झर्ने यात्रु समस्यामा परेको बताईएको छ ।

प्रदेश एक पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले मेची राजमार्गमा यातायात बन्द गर्दा राजमार्ग हुँदै बाहिरिने र भित्रिने सवारी साधन ठप्प भएको छ भने  यात्रु समस्यामा परेका छन् ।