Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयको आग्रह

१८ बुधबार , पौष २०८०३ बर्ष अगाडि

जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयको आग्रह

भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । छिमेकी देशहरुमा कोभिडको नयाँ सब भेरियन्ट 'जेएन वान' सङ्क्रमण बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको हो ।

मन्त्रालयले भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै छिमेकी मुलुकहरूमा कोभिड १९ को नयाँ सब भेरियन्ट 'जेएन वान' को  सङ्क्रमण देखिएकाले नेपालमा पनि भित्रिन सक्ने भन्दै यस्तो आग्रह गरेको हो ।  

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भिडभाडमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्नुका साथै हातको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको हो । 

हाल नेपालमा कोभिड १९ को नयाँ सब भेरियन्ट 'जेएन वान' को सङ्क्रमण पुष्टि भइनसकेको भएता पनि सतर्कता अपनाउन आवस्यक रहेको मन्त्रालयको भनाई रहेको  छ ।

छिमेकी देशहरुमा नयाँ भेरियन्टको संक्रमण देखिएपछि नेपालमा सङ्क्रमण भित्रिन नदिन विभिन्न नाकामा कडाई गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सम्पूर्ण सरोकारवालाहरूमार्फत आवश्यक निगरानी भइरहेको बताईएको छ ।

नेपालमा नयाँ–भेरियन्ट 'जेएन वान' हालसम्म पुष्टि नभएको तर सङ्क्रमण फैलिहालेमा मन्त्रालय कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।