Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गण्डकीका पूर्व रजिष्ट्रारसहित चार जना जेल चलान

१८ बुधबार , पौष २०८०१० महिना अगाडि

गण्डकीका पूर्व रजिष्ट्रारसहित चार जना जेल चलान

पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसहित ४ जना पुर्पक्षाका लागि कारागार चलान भएका छन् । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार पराजुली सहित ४ जना पुर्पक्षाका लागि कारागार चलान भएका हुन् ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसहित ४ जनालाई कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले पुर्पक्षका लागि कारागर पठाउन आदेश दिएको हो ।

रजिष्ट्रार पराजुलीसहित कारागार जानेमा सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराल रहेका छन् । रजिष्ट्रार पराजुलीलाई कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपमा प्रहरीले पुस ११ गते पक्राउ गरेको थियो । उनले कार्यक्षेत्र थप गर्न भनी १ करोड ५ लाख रुपैयाँ लिएको अनुसन्धानका क्रममा देखिएको थियो ।

हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका पराजुली जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका थिए । जिल्ला अदालत कास्कीले २०८० मङ्सिर २६ गते ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अनुसन्धानका क्रम संलग्नता रहेको पाइएकाले थप २ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको थियो ।

मित्रमिलनको रकम अपचलन अभियोगमा अहिलेसम्म पराजुलीसहित ६ जना पक्राउ परिसकेका छन् भने सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनले २६ करोड रुपियाँ अपचलन भएको देखाएको छ । सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारीलाई गत कात्तिक ४ गते नै प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरिसकेको छ ।

उक्त प्रकरणमा पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दीपक सुवेदीसहित २ दर्जनभन्द बढी अझै फरार छन् । फरारहरुको खोजी भइरहेको र सहकारीमा भएको ठगीबारे अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ ।