Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन

१८ बुधबार , पौष २०८०३ बर्ष अगाडि

महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्ने भन्दै महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन गर्न महिलाहरूले सञ्चालन गरेकाे उद्योगलाई प्राथमिकता दिन निर्देशन दिएका हुन् ।  

महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री,सचिव र अन्य कर्मचारीसँगको छलफलमा प्रधानमन्त्रीले महिलालाई प्राथमिकता दिने नीति अनुरूप महिलाद्वारा सञ्चालित उद्योग तथा व्यवसायलाई प्राथमिकता दिन निर्देशन दिएका हुन् । उनले बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अत्यन्तै संवेदनशील मन्त्रालय भएकाे भन्दै आवस्यक्ता अनुसार पुनर्संरचना सहित प्राथमिकता दिनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले महिलालाई आयआर्जन र आत्मनिर्भर बनाए मात्र महिला अधिकारलाई सुदृढ गर्न सकिने बताउदै महिलालाई प्राथमिकता दिने नीति र महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । 

दुर्गम क्षेत्र तथा गरिब घर परिवारका महिलालाई समुदायमा आधारित हेरचाह तथा परामर्श सेवा सुरु गर्नत त्यसकाे अध्ययन गरी पेश गर्न निर्देशन दिँदै गर्भवती महिलाले समयमै उपचार नपाई मर्नुपर्ने परिस्थितिलाई अन्त्य गर्न जरुरी रहेको बताए ।

प्रधानमन्त्रीले दुर्गम क्षेत्र तथा गरिब घर परिवारका गर्भवती महिलाई उपचारका लागि हेलिकोप्टरबाट उद्दार गर्ने कार्यक्रमलाई विशेष योजनासहित थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।