Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

इमर्जेन्सी बेडमा कुकुर, तीन स्वास्थ्यकर्मी निलम्बित

१८ बुधबार , पौष २०८०१० महिना अगाडि

इमर्जेन्सी बेडमा कुकुर, तीन स्वास्थ्यकर्मी निलम्बित

कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषयलाइ लिएर अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पताल प्रशासनले डिउटीमा लापरबाही गरेकाे भन्दै स्वास्थ्यकर्मीलाइ निलम्बन गरेकाे हाे ।

अस्पताल प्रशासनले अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको बताएकाे छ । 

अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भए पनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरबाही गरेको भन्दै इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेकाे अस्पतालले जानकारी दिएकाे छ ।

अस्पताल प्रशासनलेले घटनाको छानबिनपछि ३ जनालाई निलम्बनमा राखेको हाे । निलम्बनमा पर्नेहरूमा २ जना अहेब र १ जना कार्यालय सहयोगी रहेकाे अस्पताले प्रशासनले जनाएको छ । छानबिनमा कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसेको खुलेको छ ।