Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

समयमै कर बुझाउनेलाई महानगरले १० प्रतिशत छुट दिने

१७ मंगलबार , पौष २०८०१० महिना अगाडि

समयमै कर बुझाउनेलाई महानगरले १० प्रतिशत छुट दिने

काठमाडौं महानगरपालिकाले तोकिएकै समयमा कर बुझाउने करदातालाई १० प्रतिशतसम्म छुट दिने बताएको छ । महानगरको आर्थिक ऐनबमोजिम बुझाउनुपर्ने कर तोकिएकै समयभित्र वडा कार्यालयमा दाखिला गर्नेलाई महानगरले छुट दिने बताएको हो ।

महानगरपालिकाको राजस्व विभागले यही पुस मसान्तभित्र सम्पत्ति कर, व्यवसाय कर र बहाल कर तिरी लाभ लिन सुसूचित गराउदै पुस मसान्तभित्र कर बुझाउँदा चालु आवको कर रकममा १० प्रतिशत छुट सुविधा प्राप्त हुने एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।

त्यस्तैगरि महानगरले बक्यौतामा पनि सम्पूर्ण जरिवाना छुट गरिएको जानकारी दिएको छ । साथै महानगरले समयमै कर बुझाएर कर तथा जरिवाना छुट सुविधा लिनसमेत सेवाग्राहीलाई अनुरोध गरेको छ ।