Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वेश्यावृत्ति धन्दा चलाउने दम्पती दिल्लिबाट पक्राउ

१७ मंगलबार , पौष २०८०१० महिना अगाडि

वेश्यावृत्ति धन्दा चलाउने दम्पती दिल्लिबाट पक्राउ

नेपाली युवतीलाई आकर्षक तलब सुविधाको प्रलोभन देखाएर भारतको दिल्लीमा वेश्यावृत्तिमा लगाउने एक दम्पती पक्राउ परेका छन् । स्याङ्गजा जिल्लाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता पक्राउ परेका हुन् ।

नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दम्पतीलाई प्रहरीले दिल्लीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, भण्डारी दम्पतीले आकर्षक तलब सुविधाको प्रलोभन देखाएर नेपाली युवतीलाई भारत लैजाने गरेको बताईएको छ ।

यसअघि २०७९ चैत ७ गत्ते भारत पुर्‍याएका ९ युवतीलाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले उद्धार गरेर नेपाल ल्याएको थियो । दिल्लीको किसनगढमा एक अपार्टमेन्ट भाडामा लिएर वेबसाइटमार्फत विज्ञापन गरेर यौनधन्दा चलाउने गरेको प्रहरीको दाबी छ ।

यौनधन्दा चलाउन ह्वाट्स सप ग्रुप बनाएर सम्पर्कमा आएका ग्राहकहरूले अनलाइन भुक्तानी गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीलाई पठाउने गरेको बताईएको छ । भाडामा लिएको अपार्टमेन्टमा सीसी क्यामरा जडान गरेर पीडितहरूलाई नयाँ मोबाइल, भारतीय सीमकार्ड उपलब्ध गराई नयाँ आईडी बनाएर आफूले पनि निगरानी गर्ने गरेको प्रहरीको भनाई छ ।

युवतीहरूलाई कमाइको २० प्रतिशत दिएर बाँकि ८० प्रतिशत दम्पतीले राख्ने गरेको पनि प्रहरीको भनाई छ । दम्पतीविरुद्ध यसअघि ६ वटा मुद्दा दर्ता भएको र त्यसमा प्रतिवादी भएकामध्ये ३ जना पुर्पक्षका लागि कारागारमा रहेको बताईएको छ ।

दम्पतीविरुद्ध अनुसन्धान जारी रहेकै बेला पुनः नेपालबाट युवतीहरूलाई ल्याई यौन व्यवसाय सञ्चालन गरेको सूचना पाएपछि दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र किन इण्डिया नामक संस्थासँग समन्वय गरेर पुस १० गते दिल्लीबाट ५ जनाको उद्धार गरिएको र थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।