Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कठपुतलीका लागि अर्को प्रयास

१७ मंगलबार , पौष २०८०३ बर्ष अगाडि

कठपुतलीका लागि 
अर्को प्रयास

काठमाडौं । ००७ सालमा मोहनशमशेरलाई भारतको व्यवहार, ००८ सालमा मातृकाप्रसाद कोइरालालाई भारतअन्तर्गत बस्न दिएको दबाब र नेपालमा सैनिक पोष्ट राख्न सहमत गराएको प्रसङ्ग, वीपीलाई २०३३ सालमा इन्दिरा गान्धीले नेपाल फर्कन बाध्य पारेको घटना, ०४६ मा राजा वीरेन्द्रलाई सुरक्षा, परराष्ट्रमा झुकाउन खोजेको नसकेपछि ०६३ मा राजा ज्ञानेन्द्रलाई बाध्य पारेको र ०६५ मा राजतन्त्र उन्मूलन गरेका घटना नेपालीले बिर्सेका छैनन् । यसैवीच कठपुतली बनाउने अर्को साजिस गर्न भारतले विदेशमन्त्रीलाई पुुस १९ गते नेपाल पठाउँदैछ । 
यो भ्रमणको मुख्य उद्देश्य भारतले सिधै साना विकास परियोजनाका नाममा भारतीय दूतावासले सोझै २० करोडसम्मको लगानी गर्न पाउने सम्झौतामा हस्ताक्षर हुनेछ । पहिले ५ करोडसम्मको १५ सय योजना लागू थिए । जस अन्तर्गत स्कूल, मन्दिर, गुम्बा, खानेपानी, बाटाघाटा सबैतिर भारतले लगानी जाल फैलाएको थियो, अब यो ५ करोडलाई यो सरकारले अर्को ५ वर्षका लागि २० करोडसम्म सोझै लगानी गर्न पाउनेगरी सुविधा दिने निर्णय रिसकेको छ । यही निर्णयमा सही गर्न विदेशमन्त्री एस जयशंकर आउन लागेका हुन् । तीब्र बेगमा नेपाललाई भारतीय उपनिवेश बनाउने कार्य भइरहेको छ । नेताहरूका जिब्रा तालुमा टाँसिएका छन् ।