Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भावी प्रधानसेनापतिमा सिग्देल

१७ मंगलबार , पौष २०८०१० महिना अगाडि

भावी प्रधानसेनापतिमा सिग्देल

रथीमा बढुवासंगै सिग्देल प्रधानसेनापति बन्ने निश्चित भएको छ । भावी प्रधानसेनापति को हो ? भन्ने अनेक संशयको अन्त्य भएको छ । रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको बढुवासंगै भावी सेनापतिको टुंगो लागेको छहो। बलाधिकृतरथी सरोजप्रताप राणाले १९ कात्तिकमा अनिवार्य अवकास पाएदेखि नै सेनाबारे अनेक चर्चा परिचर्चा चलेको थियो । उपरथी ताराध्वज पाण्डेलाई सेनाको रथीमा बढुवा गर्ने निर्णय उनीमाथि बिबाद उठेपछि र उनले राजनीतामा दिएपछि  सिग्देलको रथी बढुवाको लागि बाटो खुलेको थियो । बिबाद खडा गर्नेहरूले सिग्देलका बारेमा पनि अनेक टिकाटिप्पणी गरे पनि स्वार्थी समूहहरू असफल भएका छन् ।
सिग्देलको बढुवामा सुरूका दिनमा प्रधानमन्त्री र नेपाली कांग्रेसले आनाकानी गरेको थियो, कारण स्पष्ट नभए पनि पछि उनको बढुवामा छाप लागेको हो । सिग्देल २०४३ सालमा सैनिक अधिकृतका रूपमा सेवा प्रवेश गरेका हुन् । सिग्देल सेनामा लो प्रोफाइलमा बस्ने अधिकृतका रूपमा परिचित छन् । सेनाको हायर कमाण्ड कोर्समा प्रथम भएका सिग्देल तनहुंमा जन्मेर भैरहवामा हुर्केका हुन् । उनले चीनबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् । सिग्देल यसअघि सम्भाररथी, हेटौडामा पृतनापति थिए । रथीमा बढुवा हुनुभन्दा पहिलो उनि सेनामा महत्वपूर्ण मानिने नीति महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारीमा थिए ।
भावी प्रधानसेनापति बन्ने सिग्देल सेनामा राजनीतिबाट टाढा भएका सैनिक अधिकारी हुन् । उनी २०८१ भदौपछि २४ पछि प्रधानासेनापति बन्नेछन् ।