Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

Image

स्कूलमा भुसतीघ्रे डिआई

बैकुण्ठ भण्डारी

१७ मंगलबार , पौष २०८०१० महिना अगाडि

स्कूलमा भुसतीघ्रे डिआई

स्कूलमा डिआई किन ? स्कूल पढाउने कि तर्साउने थलो हो ? डिआई ठूलै समस्या बनेको छ ।
विद्यार्थी स्कूल छिर्दा मुख्यद्वारमा गेट पाले हो सानो डिआई । अनि अल्लि अगाडि ठूलो ठूलो पाखुरामा हरिया निला टाटो खोपेका डरलाग्दा भुसतिघ्रे तैनाथ गरिएका हुन्छन् । विचरा गधालाई भारी वोकाए जस्तै गरी कितावले भरिएका ब्याग बोकेर असिन पसिन हुँदै स्कूलको गेटमा पुगेका केटाकेटी सँधै भुसतिघ्रेको त्रासमा भित्र छिर्नु पर्र्छ । 
म स्कूलमा फी तिर्न स्कूलको गेटबाट भित्र छिर्नासाथ भुसतिघ्रेले च्याप्प कठालोमा समातोर तान्यो ! कालो झोलामा कितावको भारीले नै तानेर उत्तानो पार्ला जस्तो गरी हिँडेको भुसतिघ्रेले देव्रे हातले तानेपछि विचरो म पुसको ठण्डीमा जाडोले काँपे जस्तै गरी लगलगी काँप्न थाले । भुसतिघ्रेले भन्यो– सोध्न पर्दैन ?
देव्रे हातले कठालोमा समाति रहेको भुसतिघ्रेले जुत्तामा देखाउँदै भन्छ, ‘यो के हो’ ? मैले डरले काँपेको स्वरमा भने, ‘सर, बाटो भरी धूलै धुलो छ । घरमा पोलिस लगाएको हो । आउँदा आउँदै धुलो भो ।’ उ दोहोरो सम्वाद गर्दैन । भुसतिघ्रेले दाहिने हातले गालामा चड्याम्म हान्यो । एक झापडमै रन्थनिएको म आँखाबाट झार्नुको बिकल्प थिएन ।
म सुन्दै थिएँ, अर्को भुसतिघ्रेले अर्को विद्यार्थीलाई भन्दैथियो– ‘खुरूक्क जा भोलीदेखि यस्तो नहोस् ? जुत्ता टल्काएर लगाएर आउनु, धुलो लागेको जुत्ता नहोस् ।’
देव्रे हातको कुमले आँखाको आँशु पुछ्दै ‘हस् सर’ त्यो विद्यार्थी भित्र पस्यो । म पनि विद्यार्थीजस्तै काँटको थिएँ, मलाई पनि उसले थर्काएर भित्र पठायो । 
ठूला भनिने स्कूलको भुसतिघ्रे निकै जव्वर भएको छ । साना केटाकेटीलाई निकै थकाउँछ । अस्तिको दिन पनि कक्षा १० मा पढ्ने शर्मिलीलाई ‘सेतो रिबन’ नलगाई आएको भनेर चुल्डै चुडिँएला जस्तै गरी भुत्लाएको गेटको पालेले सहन नसकेर स्कूलको हेडमास्टरलाई गुनासो नगरेको पनि होइन । तर गेट पालेको के मतलव किन सुन्ने कुरो ?
स्कूलमा भुसतिघ्रेले आपूmहरूलाई दिएका पीडा बच्चाहरूले घरमा गएर भन्न पो कहाँ सक्थे र ? घरमा गएर भनौ भने बाउ आमाको गाली खाने डर, भनौं भने भोली फेरि त्यस्तै भुसतिघ्रेको कुटाई खाने डर । मट्याङग्राले खाएको चट्कन र शर्मिलीको भुत्लाईले पालेदाईको मन पात्र पोलेको छ । स्कूलका कुनै शिक्षक शिक्षिकलाई दुखेको छैन । विचरा दुखोस् पनि किन पाल्तु भुसतिघ्रेहरूले नै स्कूलमा हुने चन्दा आतंकलाई रोकेका छन् । 
दलका झोला वोक्नेहरूका संगठनले चन्दा मागेर वाक्कै भएर पनि स्कूलहरूले पनि आफ्नो शक्ति देखाउनका लागि पनि चर्को मूल्य तिरेर भुसतिघ्रे राखेका छन् । स्कूलका साहु अनि सरकारी राहु पनि उस्तै त हुन् । दलको झोला वोकेर नेतागिरी गरेरै महंगा पढाउने पसल खोलेका छन् । अधिकांश निजी स्कूल ठूला पार्टी नेताकै रहेका छन् ।
अभिभावकलाई निचोर्न सकेजति निचोरीरहन्छन् । उडुसले चुसेजस्तै गरी चुसिरहन्छ । ड्रेस, जुत्ता, मोजादेखि किताव कापी मस्तै व्यापार गर्न पाएका छन् । अझ दालभात तरकारीको व्यापार त झन् फस्टाएको छ । विद्यार्थीले बाहिर कापी कलम किनेको मात्र थाहा पाएपनि त्यही भुसतिघ्रले कार्वाही गर्छ । यसरी अनुशासनको पाठ पढाउने भएपछि विद्यालयको शिक्षाको गुणस्तर त निकै माथि पुग्ने नै भयो । ‘भुसतिघ्रे’ दुई दर्जन केटाकेटीले आफ्नो स्कूलको अनुशासन इन्चार्ज ‘डिआई’को नाम राखिदिएका हुन् । एउटा न एउटा बहानामा विद्यार्थीहरूलाई ठिङ् उभ्याउने । बच्चालाई मानसिक तनाव दिने । कहिले गाला चट्काउने, कसैलाई कपालै उखेल्ने गरी भुत्ल्याउने । त्यही गुण्डाजस्तो भुसतिघ्रेले तनाव दिएकै कारण मिसन त एकोहोरो टोलाईरहन्छ रे त्यसका बाबुले भनेका । विद्यालय नै जान नसक्ने गरी मानसिक विरामी परेको छ । अघिल्लो हप्ता त स्कूले हिडेको केटो कता पो गयो । छोरो हराएपछि बाबु आमा छिमेकी इष्टमित्रले खोज्दा पत्तै लागेन । प्रहरीले पनि नखोजेको कहाँ हो र बल्ल दुई दिन पछि गोकर्णको जंगलमा बेहोस अवस्थामा फेला परेथ्यो । 
डिआई, जो कहिल्यै अनुशासनमा बसेन उसैले अनुशासन सिकाउने दिन पनि आए । एकातिर महगो फी, अर्कोतिर भुसतिघ्रेको आतंक, बाउ आमा पनि दिक्क भईसकेका छन् । कसलाई भन्ने ? कसले टेर्ने ? स्कूल चलाउने सवै नेता । नेताले पालेको भुसतिघ्रे डिआई । 
स्कूल कराँते खेल्ने ठाउँ हो र ? कि वक्सिङ्ग अखडा हो ? अभिभावकहरूलाई लुट्ने, तीन तारे होटल जसरी भात बेच्न, कपडा बेच्ने, कापी कलम बेच्न खोलेको स्टेशनरी पसल के हो ? स्कूल सरस्वतीको मन्दिर रह्यो त ? बुझियोहिजो टोलमा बसेर गुण्डागर्दी गर्नेलाई डिआईको जागिर ख्वाएर बच्चालाई तर्साउने हो ? अभिभावकसँग टन्नै असुल्ने तर राज्यले कर तिर्नु पर्ने बेला सेवा गरेको भन्दै कर ढाँटेका कारण चन्दा माग्न आउनेलाई तर्साउन राख्ने हो डिआई ! विद्यालयलाई किन झगडाको बीउ रोप्ने अखडा बनाएको ? हुन त देश नै डिआई जस्तै भष्मासुरहरूले हाँकेका छन् । अपराध गर्ने मन्त्री बनेका छन् । तीन करोड जनतालाई यिनै भ्रष्मासुर डिआईले तर्साएका छन् । स्कूलको मात्र के कुरा गर्नु र ? 
स्कूलमा डिआई डन हो घन हो । स्कूल हो कि विजनेश मल हो ?