Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

फूडमान्डुको नयाँ वर्ष आकर्षक डिस्काउन्ट अफर

१६ सोमबार , पौष २०८०३ बर्ष अगाडि

फूडमान्डुको नयाँ वर्ष आकर्षक डिस्काउन्ट अफर

अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी  नेपालको पहिलो फूड डेलिभरी कम्पनी फूडमान्डुले न्यू इयर फिस्ट अफर ल्याएको छ । कम्पनीले काठमाडौंका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पुरै मेनुमा ३० प्रतिशतसम्म आकर्षक डिस्काउन्ट सहितको अफर ल्याएको हो ।

अफरअन्तर्गत मेनुमा ३० प्रतिशतसम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनीले जनाएको छ । डिस्काउन्ट अफरका साथै ग्राहकहरूले हरेक दिन फरक-फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्ने बताईएको छ ।

फूडमान्डु कम्पनीको उक्त भौचर कोड फूडमान्डुको एप र फूडमान्डुको फेसबुक पेज मार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । न्यू इयर फिस्ट अफर माघ १७ गतेसम्म लागू हुने भएकाले अफरबाट लाभ लिनको लागि फूडमान्डुको वेबसाइट वा फूडमान्डुको एप मार्फत फूड अर्डर गर्न सकिने फूडमान्डुका ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले बताएकी छन् ।