Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मलेसियाले ६४ जना नेपालीलाई ४ वर्षपछि तलब लिन बोलायो

१६ सोमबार , पौष २०८०१० महिना अगाडि

मलेसियाले ६४ जना नेपालीलाई ४ वर्षपछि तलब लिन बोलायो

चार वर्ष पहिले कोरोना महामारीका कारण स्वदेश फर्किएका ६४ जना नेपाली कामदारलाई मलेसियाको २ कम्पनीले तलब लिन बोलाएको छ । नेपाल फर्किएका कामदार कोरोनाका कारण पुनः मलेसिया जान नपाएपछी २ कम्पनीमा काम गर्ने ६४ जना नेपालीलाई तलब लिन बोलाएको हो ।

मलेसियाको २ कम्पनीले ४ वर्षपछि ६४ जना नेपाली कामदारलाई तलब लिन बोलाएको बताईएको छ । मलेसियाको भेन्चर ग्रुप अन्तर्गत २ कम्पनीमा काम गर्ने ६४ जना नेपालीले २०१४ देखि उक्त कम्पनीमा काम गर्दै आएका थिए ।

मलेसियाको भेन्चर ग्रुप अन्तर्गत २ कम्पनीमा काम गर्ने ६४ जना नेपाली कोरोनाको कारण तलब भुक्तानी बाँकी नै राखेर नेपाल आएका थिए । उक्त दुई कम्पनीले मलेसियास्थित नेपाली राजदूतावासलाई समन्वयका लागि अनुरोध गरेको बताईएको छ ।

मलेसियन कम्पनीले मलेसियास्थित नेपाली राजदूतावासलाई समन्वयका लागि अनुरोध गर्दै कामदारलाई राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको बैंकको खाता नम्बर सहित सम्पर्कमा आउन अनुरोध गरेको छ ।