Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महारानी मार्गरेटद्धारा राजगद्दी परित्यागको घोषणा

१६ सोमबार , पौष २०८०१० महिना अगाडि

महारानी मार्गरेटद्धारा राजगद्दी परित्यागको घोषणा

नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दी परित्यागको घोषणा गरेकी छन् । महारानीले आइतबार भाषणको क्रममा आउँदो जनवरी १४ मा पद छोड्ने घोषणा गरेकी हुन् ।

पद त्यागपछि ८३ वर्षीया महारानी मार्गरेटले सोही दिन आफ्नो छोरा राजकुमार फ्रेडरिकलाई सिंहासन छोड्ने घोषणा गरेको बताईएको छ । आफ्नो उमेर र स्वास्थ्य समस्याहरूलाई औँल्याउदै महारानीले राजगद्दी परित्याग गर्न लागेको बताएकी छन् ।

उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिक नवौँको मृत्यु पछि सिंहासन ग्रहण गरेकी थिइन् । सन् २०२३ को सुरुमा आफ्नो ढाडको शल्यक्रियापछि उनले समयको सोचविचार पछि यो निर्णय गरेको खुलासा गर्दै अब दुई हप्ताको अवधिसम्म मात्र डेनमार्कको रानी हुने बताएकि हुन् ।

महारानीले वर्षौँदेखिको समर्थन र साथका लागि डेनमार्कका जनतालाई धन्यवाद दिदै अहिले सहि समय भएकाले आफुले सिंहासन छोड्ने घोषणा गरेको बताईन ।