Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्राधिकरणले १९ विमानस्थलमा एक्स-रे मेसिन जडान गर्ने

१६ सोमबार , पौष २०८०१० महिना अगाडि

प्राधिकरणले १९ विमानस्थलमा एक्स-रे मेसिन जडान गर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक विमानस्थलहरु मध्ये १९ वटा विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स-रे मेसिन जडान गर्ने भएको छ । प्राधिकरणले एकसाथ तीन महिना भित्र १९ वटा आन्तरिक विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स-रे मेसिन जडान गर्ने भएको हो ।

उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार अहिले मेसिन जडान गर्न आवश्यक सामग्रीहरू खरिद गर्ने काम भइसकेको र आगामी तीन महिनाभित्र मेसिन जडान सकेर सञ्चालनमा ल्याउने तयारी रहेको बताईएको छ ।

जसअनुसार लुक्ला, रामेछापसहितका विमानस्थलमा यस्तो मेसिन जडान गर्न लागिएको हो । यसले हवाई सुरक्षा अभिवृद्धि हुने र यात्रु तथा वायुयान कम्पनीलाई समेत सहयोग पुग्ने महानिर्देशक अधिकारीको भनाइ रहेको छ ।

भरतपुर, सिमरा, राजविराज तथा तुम्लिङटार विमानस्थलमा नयाँ फायर फाइटिङ भेहिकल खरिद गर्ने काम सुरु भएको समेत महानिर्देशक अधिकारीले जानकारी दिएका छन् ।