Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अङ्ग्रेजी नयाँ वर्ष तथा नेपाली टोपी दिवस मनाइँदै

१६ सोमबार , पौष २०८०१० महिना अगाडि

अङ्ग्रेजी नयाँ वर्ष तथा नेपाली टोपी दिवस मनाइँदै

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ तथा नेपाली राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । यसअघिका वर्षहरु झैँ यसवर्ष पनि अङ्ग्रेजी नयाँ वर्ष संगै टोपी दिवस मनाउन लागिएको हो ।

आज नेपाल लगायत बिभिन्न मुलुकले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई धुमधामका साथ मनाउदै छन् । नेपालमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन राष्ट्रिय पोसाक तथा टोपी दिवस संगै अङ्ग्रेजी नयाँ वर्ष पनि बिबिध कार्यक्रम गर्दै मनाउदै छ ।

नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि नेपालले स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर टोपी दिवस मनाउन थालेको हो । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिएको पाईन्छ ।

भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ भने विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी पनि लगाउने गर्दछन । 

पछिल्लो समय नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् ।