Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दुई महिना मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड बन्द

१५ आइतबार , पौष २०८०१० महिना अगाडि

दुई महिना मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड बन्द

मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति हुने भएपछी दुई महिना बन्द हुने भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्ने भएसंगै दुई महिना बन्द हुने भएको हो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्डको कुलेखानी–हुमाने–फाखेल खण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले पुस १६ गते फागुन १५ गतेसम्मका लागि यातायात आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले उक्त सडकखण्ड बन्द हुँदा वैकल्पिक सडकको व्यवस्था गरिएको बताएको छ । जसअनुसार यातायातका साधनका लागि हेटौँडा भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौँको थानकोट पुग्न सकिने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै वैकल्पिक सडकका रुपमा काठमाडौँको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौँडातर्फ आउने सवारी साधनलाई पनि सञ्चालनमा ल्याइने बताईएको छ । पुस १६ गते बिहानदेखि फागुन १५ गतेसम्म वैकल्पिक मार्गको प्रयोग गर्न गाउँपालिकाकाले आग्रह गरेको छ ।