Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तमु ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा

१५ आइतबार , पौष २०८०१० महिना अगाडि

तमु ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा

नयाँ वर्षको रुपमा तमु ल्होसारलाई गुरुङ समुदायले धुमधामका साथ मनाउदै छन् । तमु ल्होसार पर्व गुरुङ बाहुल्यता रहेको गण्डकीका खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लाम्मा मधामका साथ मनाउन लागेका हुन् ।

हरेक वर्ष १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् ।

गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो पर्व मनाउँदै आएका छन् ।

गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको भनाई छ । नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् । तर, उनीहरुले मनाउने ल्होसारको नाम भने फरकफरक छ ।

तमु ल्होसार पर्वको अवसरमा टुँडिखेलमा सांस्कृतिक कार्यक्रमका साथै गुरुङ समुदायका परिकारको समेत प्रदर्शनी गर्ने गरिएको छ । आजको तमु ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले देश विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायलाई शुभकामना दिएका छन् ।