Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मेलम्चीको पानी माघ पहिलो साता काठमाडौंमा

१५ आइतबार , पौष २०८०२ बर्ष अगाडि

मेलम्चीको पानी माघ पहिलो साता काठमाडौंमा

गएको साउन अन्तिम साता आएको बाढीले संरचना क्षतिग्रस्त भएपछी रोकिएको मेलम्चीको पानी आगामी माघको पहिलो साता काठमाडौंमा पुर्‍याइने भएको छ । क्षतिग्रस्त संरचनाको तीव्रगतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुर्‍याइने भएको हो ।

मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौं आईपुग्ने खानेपानीमन्त्री महेन्द्रराय यादवले जानकारी दिएका छन् । आयोजनाको मुहानस्थल अम्बाथानको अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँ पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गरेका छन् ।

मन्त्री यादवले आयोजनाका स्थानीय भण्डार, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्रगतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने बताए । साथै दैनिक १७ करोड लिटरका दरले काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने सरकारको तयारी छ ।

त्यसैगरी सरकारको लक्ष्यअनुसार पानी पठाउने गरी काम भइरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिएका छन् । इन्जिनियर कुँवरले अम्बाथानमा दैनिक १६/१७ घण्टा काम भइरहेको र क्षतिग्रस्त संरचना मर्मतपछि पुनः उपत्यकामा पानी वितरण गरिने बताए ।

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलबारे मन्त्री यादवसँगै प्रदेशसभा सदस्य कौशल किशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका सदस्य विष्णुमणि आचार्यलगायतले जानकारी लिदै जतिसक्दो छिटो उपत्यकामा पानी वितरण गरिने बताएका छन् ।